← समाचारमा फर्कनुस्
क्यानले यु१६ राष्ट्रिय पुरूष टोलीलाई जनही पचास हजार दिने

मलेशियामा भएको एसिसि यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने नेपाल यु१६ राष्ट्रिय पुरूष क्रिकेट टोली र यस टोलामा समावेश अफिसियलहरूलाई क्यानले जनही रूपैया पचास हजार दिनेभएको छ। यस पूरस्कार खेलाडी र अफिसियलहरूलाई हौसला स्वरूप प्रदान गरिने क्यानले एक बिज्ञप्ति निकाल्दै जानकारी गराए।
नेपालले अपराजित रहदै यस प्रतियोगिता जितेको हो। फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो। त्यस्तै सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो। नेपालले सिंगापुरलाई ६ तथा जापानलाई ९ विकेटले हराउँदा इन्डोरनेसियामाथि ३७० रनको जित हात पारेको थियो। भुटानलाई २९८ रनले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |