← समाचारमा फर्कनुस्
Cricket Nov 05, 2025 · Swadesh

लिग–२ : नेपाल र युएई खेल्दै

लिग–२ : नेपाल र युएई खेल्दै

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दैछन्।


दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरू हुनेछ।


यस सिरिजमा नेपालले सुरुआती तीनै खेलमा हार बेहोरेको छ भने युएईले तीन खेलमा एक जित र दुई हारको सामना गरेको छ। सिरिजको पहिलो भेटमा युएईले नेपाललाई पराजित गरेको थियो।


अंकतालिकामा नेपाल सातौँ स्थानमा छ। उसले १९ खेलमा ५ जित र १२ हारसहित १२ अंक जोडेको छ। उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित पुछारमा रहेको छ।


यसै सिरिजमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेलमा जित हासिल गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →