← समाचारमा फर्कनुस्
Cricket Nov 04, 2025 · Swadesh

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि चुनीखेलमा हुने

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि चुनीखेलमा हुने

काठमाडौं, सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौँको चुनीखेलमा हुने भएको छ।


सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको समुह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरिएको छ।


कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रतियोगिता निर्देशक अमित पौडेलले यस पटक पनि भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको जसलाई जोड दिंदै यस प्रतियोगिताले कर्पोरेट क्षेत्रका क्रिकेट प्रेमीहरूलाई खेलसँग जोड्दै सम्बन्ध समेत प्रगाढ पार्ने विस्वास व्यक्त गरे। यस्तै प्रतियोगिताका टेक्निकल निर्देशक रविन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटो बारे जानकारी गराए। कार्यक्रममा आयोजनाका समन्वय कर्ता अनिल महर्जन तथा आयोजक सुजित महर्जनको उपस्थिति थियो।


प्रतियोगितामा प्रत्येक टिममा १० जना खेलाडी रहनेछन् जसमा ८ जना खेलाडी प्लेइङ सेटमा रहनेछन्। खेलहरु १० ओभरको हुनेछन्।


समुह बिभाजन अनुसार समुह 'ए' मा साविकको विजेता समेत रहेको सानिमा जीआईसी इन्सुरेन्स, सलिको, जगदम्बा रियल मि रहेको छ। समुह 'बि' मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेष्ट इन्सुरेन्स, समुह 'सी' मा रिलायबल लाइफ इन्सुरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समुह 'डी' मा शिखर इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, एनएलजी इन्सुरेन्स रहेका छन्।


प्रतियोगिता लिग-कम नक आउट फर्म्याटमा आयोजना हुनेछ। साथै नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर र स्कोरर हुनेछन्।


प्रतियोगिताको उपाधि विजेता टोलिले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले टोलिले ५० हजार ५ सय रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतियोगिताको प्रायोजकको रुपमा लिप मोटर, सिद्धार्थ बैंक लिमिटेड, सानिमा जीआईसी इन्सुरेन्स, सलिको तथा युनाइटेड अजोड इन्सुरेन्स रहेको छ। इन्टरनेट पार्टनरमा वेबसर्फर, इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्याण्ड, डेन्टल पार्टनरमा कुण्डलिनी डेन्टल क्लिनिक, अनलाइन पार्टनरमा विकेटनेपाल, टेलिभिजन पार्टनरमा काष्ठमण्डप टिभी, हेल्थ प्याकेज पार्टनर एस्थर प्याथ ल्याब, साउन्ड पार्टनरमा टेक ट्रस्ट, लजिस्टिक पार्टनरमा हँसा र भेगा लजिस्टिक, हस्पिटालिटी पार्टनर बोगेनभिल्ला इभेन्ट्स, मल्टिप्लेक्स पार्टनर क्युएफएक्स रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →