नेपाल सुपर लिग: तीन खेलपछि बुटवलले निकाल्यो जित

काठमाडौं, मंसिर १७ । एफसी बुटवल लुम्बिनीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी डी मेचीलाई २-१ गोलअन्तरले पराजित गरेको हो। बुटवलको यो पहिलो जित हो। पहिलो खेलमा बुटवल ललितपुर सिटी एफसीसँग २-० गोलअन्तरले पराजित भएको थियो। दोस्रो खेलमा पनि बुटवल साविक उपविजेता धनगढी एफसीसँग १-० गोलअन्तरले पराजित भएको थियो।
इलामको पनि यो दोस्रो हार हो। इलाम खेलमा साविक विजेता काठमाडौँ रेजर्ससँग १-० गोलअन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भने झापा एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै पहिलो जित हासिल गरेको थियो।
खेलको तेस्रो मिनेटमै भरत खवासले इलामलाई अग्रता दिलाउने अवसर गुमाए। फोडे कामराले दिएको बललाई वान टच मा प्रहार गरेका थिए। तर बल बारमा लागेर फर्कियो।
त्यसको तीन मिनेटपछि मिडफिल्डर अब्दुउलजे बाले आशिष लामालाई लडाएपछि बुटबलले फ्रिकिक प्राप्त गरेको थियो। तर, मिडफिल्डर एरिक विष्टले करिब ३५ यार्डबाट गरेको प्रहार इलामका गोलरक्षक विकेश कुथुले बचाए।
१५औँ मिनेटमा इलामका सन्तोष खत्रीले दिएको बललाई अमथ एन्डअले बुटवलका थिएरी बिइकलाई बिट गर्दै डिबक्ससम्म पुर्याएका थिए। तर, उक्त एअर बललाई बुटवलका रक्षक मोहमोडोले पञ्च गरेर बचाए। ३५औँ मिनेटमा जिलेस्पीजंग कार्कीले दिएको पासलाई आशिष लामाले सदुपयोग गर्न सकेनन्। उनले डिबक्सबाट गरेको प्रहार विकेशले सजिलै बचाए। ३९औँ मिनेटमा बुटवलका अर्नेस्ट टेम्पीले अमथलाई डिबक्सनजिक लडाएका थिए। प्राप्त फ्रिककलाई इब्राहिम डिजतेले गरेको प्रहार आकाशियो।
४९औँ मिनेटमा बुटवलले खेलमा अग्रता लियो। जेलेस्पिजंग कार्कीले पेनाल्टी क्षेत्रबाट दिएको बललाई अनमार्कमा रहेका स्टेफन समिर बिनोङले जाली चुमाए। ५४औँ मिनेटमा जेलेस्पिजंगले बुटवलको अग्रता दोब्बर बनाउने मौका गुमाए। समिर र सेर्जी सङले कम्बिनेसन मिलाउँदै दोस्रो बारमा दिएको बललाई टच गर्न सकेनन्। ८५औँ मिनेटमा इलामका अमथले कटब्याक गर्दै दिएको बललाई फोडेले दोस्रो बारमा प्रहार गरेका थिए। उक्त प्रहारलाई मोहमोडोले बचाउने प्रयास गरेका थिए। तर, रिबाउन्डमा आएको बललाई टेम्पीले हातले टच गरे।
रेफ्री राम दशनले पेनाल्टी दिएका थिए। तर, फोडेले प्रहार गरेको बललाई बुटवलका गोलरक्षक मोहमोडोले सहि जजमेन्ट गर्दै बचाए। ६९औँ मिनेटमा इलामले अर्को मौका सदुपयोग गर्न सकेनन्। डिबक्सनजिकबाट अमथले सरोज तामाङलाई बिट गर्दै दोस्रो बारमा दिएको बललाई बाले सदुपयोग गर्न सकेनन्। ७६औँ मिनेटमा अमथको क्रस बचाउने क्रममा गौरब श्रेष्ठले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए। तर, उक्त बल पोस्टमा लागेर बाहिरियो।
७७औँ मिनेटमा इलामले खेलमा फर्किने मौका गुमायो। इब्राहिमले दिएको बल फोडे डिबक्सनजिकबाट प्रहार गरेका थिए। उक्त बल बुटवलका गोलरक्षक मोहमोडोले बचाउन सकेनन्। रिबाउन्डमा आएको बललाई बाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेका थिए। तर, मोहमोडोले बचाए।
७८औँ मिनेटमा इलाम खेलमा फर्कियो। सन्तोष खत्रीले करिब २५ यार्डबाट टप कर्नर च्याप्दै प्रहार गरेको बललाई मोहमोडोले बचाएका थिए। तर, बल समात्न नसकेको फाइदा उठाउँदै बाले बललाई जाली चुमाए। ८७औँ मिनेटमा अमथले समिरलाई करिब ३० यार्डमा लडाएपछि बुटवलले फ्रिकिक प्राप्त गर्यो। उक्त फ्रिकिकलाई एरिक विष्टले सदूपयोग गर्दै टप बारबाट जाली चुमाए।
बाँकी समयमा पनि दुवै टोलीले केही मौका सिर्जना गरेको थियो। तर, सदुपयोग गर्न सकेन।
जितसँगै बुटवलले ३ खेलबाट ३ अंक जोडेको छ। यता, इलामको पनि सामन खेलमा ३ अंक जोडेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |