← समाचारमा फर्कनुस्
Football Dec 09, 2023 · Nepalsports

काठमाण्डौंलाई पराजित गर्दै बुटवल लुम्विनी तेस्रो स्थानमा उक्लियो

काठमाण्डौंलाई पराजित गर्दै बुटवल लुम्विनी तेस्रो स्थानमा उक्लियो

जारी नेपाल सुपर लिगमा  बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई पराजित गरेकोछ । शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा बुटवलले साविक विजेता काठमाडौंलाई २–१ ले पराजित गरेको हो ।

बुटवलका लागि स्टेफेन समिर बिनोङ र एरिक विष्ट समान एक एक गोल गरेको थियो भने काठमाडौंका लागि राजिप लोप्चनले एक गोल फर्काए।

खेलको २९ औं मिनेटमा स्टेफन बिनोङको गोल गरेको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा एरिक विष्टले गोल गर्दै बुटवलाई  २–० अग्रता दिलाए थिए ।  जिलेस्पी जंग कार्कीको क्रसमा एरिकले गोल गरेको थियो।

खेलको इन्जुरी समयमा राजिव लोप्चनले एक गोल फर्काएका थिए। 

यस जित संगै बुटवल लुम्बिनी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंक सहित तालिकाको पाँचौं स्थानमा झरेको छ । 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →