← समाचारमा फर्कनुस्
विश्वकप छनोट:दर्शकलाई घरसम्म पुग्न निःशुल्क बस

काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे शुरू हुनेछ।
त्यसक्रममा नेपाल र यमनको खेल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको हो।
बस सेवाका लागि दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्ने एन्फाले जनाएको छ।
टिकटदर ४०० र एक हजार रुपैयाँ तोकिएको छ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |