← समाचारमा फर्कनुस्
विराट कोहली बने विश्वकप क्रिकेटका सर्वोत्कृष्ट खेलाडी

काठमाडौ– भारतीय ब्याटर विराट कोहली एक दिवसीय विश्वकप क्रिकेट २०२३ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
यस विश्वकपमा ११ खेलमा ७६५ रन बनाएका कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित गरेको हो।
उनी विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
कोहलीको यस विश्वकपमा ९५.६२ औसत तथा स्ट्राइक रेट ९०.३१ रहेको छ। यस क्रममा उनले बांग्लादेश, दक्षिण अफ्रिका र न्युजिल्यान्डका विरुद्ध तीन शतक लगाए।
योसँगै उनले एक दिवसीय विश्वकपमा ५० शतक बनाउने पहिलो खेलाडीको कीर्तिमानी पनि बनाए।
यसअघि भारतीय क्रिकेटर सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमानी थियो।
आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो
भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |