← समाचारमा फर्कनुस्
Football Jan 20, 2026 · Swadesh

ब्राइटन र बर्नमाउथबीच बराबरी

ब्राइटन र बर्नमाउथबीच बराबरी

चारालाम्पोस कोस्टालासले खेलको अन्त्यतिर गरेको गोल मदतले ब्राइटनले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई १–१ को बराबरीमा रोकेको छ । बर्नमाउथले मार्कस टाभेरनिरको गोलले अग्रता लिएको थियो ।


खेलमा ३२ औं मिनेटमा उनले पेनाल्टीबाट विवादास्पद गोल गरे । एमेक्स स्टेडियममा भ्रमणकारी टिम जिततर्फ अग्रसर देखिएको बेला कोस्टालास दोस्रो हाफको इन्ज्युरी समयमा उत्कृष्ट गोल गरेका हुन् ।


यो बराबरीपछि ब्राइटन ३० अंकमा १२ औं स्थानमा रह्यो । यो पाँचौंमा रहेको म्यानचेस्टर युनाइटेडसँग पाँच अंकको दूरी हो । बर्नमाउथ भने २७ अंकमा १४ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →