← समाचारमा फर्कनुस्
वेष्टइण्डिजका ब्रायन लारा नेपाल आइपुगे

काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्।
शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्।
उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन्। लाराले नेपालमा तीन–चार दिन बिताउनेछन्। उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन्।
वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन्। टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |