← समाचारमा फर्कनुस्
मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी

काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
खेलको पाँचौं मिनेटमै एन्ड्रियास परेराले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले साभिनोको पासलाई सदुपयोग गरे।
५४औं मिनेटमा ग्रेब्रियल मार्टिनेलीले गोल गर्दे अग्रता दोब्बर बनाए। उनले यान काउटोको पासमा गोल गरे।
७३औं मिनेटमा एलेक्सिस भेगाको पासमा जुलियन क्विनोन्सले गोल गर्दै मेक्सिकोलाई २-१ को स्थितिमा ल्याए। दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गुइलेर्मो मार्टिनेजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
तर, त्यसको तीन मिनेटपछि नै एन्ड्रिकले गोल गर्दै ब्राजिललाई जित दिलाए। उनले भिनिसियस जुनियरको पासमा गोल गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |