ब्राजिलको कोपा अमेरिकमा पहिलो जित

काठमाण्डौं। जारी कोपा अमेरिकामा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ। एलिजायन्ट स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई ४-१ गोलले पराजित गरेको हो।
ब्राजिलले खेलको ३५ औं मिनेटमा लुकस पक्यताको पासमा भिनिसियस जुनियले गोल गर्दै सुरूवाती अग्रता बनाएको थियो। यस अघि खेलको ३१औं मिनेटमा डि बक्स भित्र हातमा बलले लागेपछि ब्राजिलले पेनाल्टी पाएको थियो तर गोलमा परिणत गर्न सकेनन्। त्यस्तै खेलको ४३ औं मिनेटमा रोड्रिगोले प्रहार गरेको सट किपरले ब्लक र डिफेण्डरले बचाउन खोज्दा साभन्होले जाली चुमाएको थियो।
पहिलो हाफको थप समयमा खेलको ४५+५ औं मिनेटमा रोड्रिगोले प्रहार गरेको बल डिफेणडरले ब्लक गरेको बललाई भिनिसियस जुनियले गोल गर्दै ३-० को नतिजा दिलाए।
दोस्रो हाफको ४८औं मिनेटमा ओमार एस्दरतेले डि-बक्स बाहिरबाट प्रहार गर्दै उत्कष्ट गोल गरेको थियो। खेलको ६५औं मिनेट पुनः डि-बक्स भित्र ह्यानबल भएपछि ब्राजिलले पेनाल्टी पाए र लुकस पक्यताले कुनै गल्ती गरेनन्।
अब ब्राजिलले समूह चरणको अन्तिम खेल कोलम्बियासंग खेल्ने छ।
यस जितसंगै ब्राजिलले २ खेलमा १ जित र एक बराबरी सहित ४ अंक रहेको छ भने पाराग्वे २ हार पछि अंक विहिन हुदै पुछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |