← समाचारमा फर्कनुस्
भिनिसियस जुनियरको दर्शनीय गोलमा टोली भाग्यमानी रह्यो । यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थिए ।
बराबरीसँगै ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ । हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेलमा टोलीलाई एकदमै धेरै दबाब रहनेछ ।
हाइटीविरुद्ध ब्राजिले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ । यी दुई अहिलेसम्म तीनपटक आमने–सामने भएका छन् । तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ । यसबीच सन् २०१६ कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो । समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ ।
मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाईमा केही परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ । डिफेन्सिभ भेट्रानहरु ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ । त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्ह्यालाई पनि सुरुआती मिनेट्स देखि नै देखिने अनुमान गर्न सकिन्छ । नेइमारको फिटनेश शंकाको घेरामा छ । सम्भवतः उनी लगातार दोस्रो खेलमा मैदानमा देखिने छैनन् ।
आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ । त्यस्तै ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन् ।
दुई टोलीबीचको ‘क्वालिटी ग्याप’ अझै पनि उल्लेखनीय छ । ब्राजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल भिन्न्ता सुधार गर्ने अवसरको रुपमा हेर्नेछ ।
हाइटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो । १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो । यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो ।
सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो । आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसैबाट आत्मविश्वास लिनेछ । यद्यपि ब्राजिलको चुनौती पूर्ण रुपमा फरक छ ।
दोस्रो चरणको पहिलो खेलमा यदी मोरक्कोले स्कटल्यान्डलाई हराउने हो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा हुनेछ । यदि यसो हो भने ब्राजिलविरुद्धको हारले हाइटी प्रतियोगिताबाट बाहिरिनेछ । तर, प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हाइटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ ।
स्कटल्यान्ड भर्सेस मोरक्को
स्कटल्यान्ड र मोरक्कोबीचको खेल एकदमै धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । मोरक्कोलाई पराजित गरे स्कटल्यान्डले कम्तिमा दोस्रो स्थान हासिल गर्नेछ । स्कटल्यान्डलाई हराए मोरक्कोसँग समूह विजेता बन्ने अवसर छ ।
महादेशीय र विश्वकप दुबैमा स्कटल्यान्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । यसपाली स्कटल्यान्डलाई ऐतिहासिक अवसर छ । त्यो पनि शीर्ष दुईको हैसियतमा ।
ब्राजिलविरुद्ध मोरक्कोले प्रभावशाली खेल प्रस्तुत गरेको थियो । एट्लास लायन्सले पोजेसनमा बलियो पकड बनाएको थियो । मोरक्को वास्तवमै १–१ को बराबरी भन्दा माथिको हकदार थियो ।
स्ट्राइकर इस्माइल साइबारीको गोलमा मोरक्कोले अग्रता लिएको थियो । क्रियटिभ प्रतिभाहरु ब्राहिम डियाज र नौसैर मजरौईले ब्राजिललाई सताइरहेको थियो । त्यस्तै कप्तान तथा राइटब्याक अक्राफ हकिमीले पनि आफनो प्रदर्शनबाट सबैको मन जिते ।
ब्राजिविरुद्धको खेलपछि सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो रणनीतिक अनुशासनका कारण यसपाली पनि सरप्राइज प्याकेज रहने अनुमान गर्न सकिन्छ ।
समूह ‘सी’: ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ? स्कटल्यान्ड र मोरक्को शीर्ष स्थानको दौडमा

शनिबारका खेलहरुले समूह ‘सी’को नकआउट चरण पुग्ने दौडलाई नाटकीय रुपमा आकार दिन सक्छ । पाँचपटकको च्याम्पियन ब्राजिलले नेपाली समयअनुसार बिहान ६ः१५ बजे फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा हाइटीसँग खेल्नेछ । त्यसभन्दा अगाडि ३ः१५ बजे समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जिलेट रंगशालामा मोरक्कोको सामना गर्नेछ । दोस्रो चरणका यी खेलहरु पछि समूहमा कसले नकआउट चरणका लागि पकड बनाउनेछ भन्ने निर्धारण गर्न सकिनेछ ।
ब्राजिल भर्सेस हाइटी
फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन । टोली १–१ को बराबरीमा रोकियो ।
ब्राजिल भर्सेस हाइटी
फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन । टोली १–१ को बराबरीमा रोकियो ।
भिनिसियस जुनियरको दर्शनीय गोलमा टोली भाग्यमानी रह्यो । यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थिए ।
बराबरीसँगै ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ । हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेलमा टोलीलाई एकदमै धेरै दबाब रहनेछ ।
हाइटीविरुद्ध ब्राजिले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ । यी दुई अहिलेसम्म तीनपटक आमने–सामने भएका छन् । तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ । यसबीच सन् २०१६ कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो । समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ ।
मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाईमा केही परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ । डिफेन्सिभ भेट्रानहरु ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ । त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्ह्यालाई पनि सुरुआती मिनेट्स देखि नै देखिने अनुमान गर्न सकिन्छ । नेइमारको फिटनेश शंकाको घेरामा छ । सम्भवतः उनी लगातार दोस्रो खेलमा मैदानमा देखिने छैनन् ।
आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ । त्यस्तै ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन् ।
दुई टोलीबीचको ‘क्वालिटी ग्याप’ अझै पनि उल्लेखनीय छ । ब्राजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल भिन्न्ता सुधार गर्ने अवसरको रुपमा हेर्नेछ ।
हाइटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो । १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो । यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो ।
सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो । आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसैबाट आत्मविश्वास लिनेछ । यद्यपि ब्राजिलको चुनौती पूर्ण रुपमा फरक छ ।
दोस्रो चरणको पहिलो खेलमा यदी मोरक्कोले स्कटल्यान्डलाई हराउने हो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा हुनेछ । यदि यसो हो भने ब्राजिलविरुद्धको हारले हाइटी प्रतियोगिताबाट बाहिरिनेछ । तर, प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हाइटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ ।
स्कटल्यान्ड भर्सेस मोरक्को
स्कटल्यान्ड र मोरक्कोबीचको खेल एकदमै धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । मोरक्कोलाई पराजित गरे स्कटल्यान्डले कम्तिमा दोस्रो स्थान हासिल गर्नेछ । स्कटल्यान्डलाई हराए मोरक्कोसँग समूह विजेता बन्ने अवसर छ ।
महादेशीय र विश्वकप दुबैमा स्कटल्यान्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । यसपाली स्कटल्यान्डलाई ऐतिहासिक अवसर छ । त्यो पनि शीर्ष दुईको हैसियतमा ।
ब्राजिलविरुद्ध मोरक्कोले प्रभावशाली खेल प्रस्तुत गरेको थियो । एट्लास लायन्सले पोजेसनमा बलियो पकड बनाएको थियो । मोरक्को वास्तवमै १–१ को बराबरी भन्दा माथिको हकदार थियो ।
स्ट्राइकर इस्माइल साइबारीको गोलमा मोरक्कोले अग्रता लिएको थियो । क्रियटिभ प्रतिभाहरु ब्राहिम डियाज र नौसैर मजरौईले ब्राजिललाई सताइरहेको थियो । त्यस्तै कप्तान तथा राइटब्याक अक्राफ हकिमीले पनि आफनो प्रदर्शनबाट सबैको मन जिते ।
ब्राजिविरुद्धको खेलपछि सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो रणनीतिक अनुशासनका कारण यसपाली पनि सरप्राइज प्याकेज रहने अनुमान गर्न सकिन्छ ।
विश्वकपको इतिहासमा स्कटल्यान्ड र मोरक्को दुईपटक आमने–सामने हुँदैछन् । पछिल्लोपटक यी दुई १९९८ फ्रान्स विश्वकपमा भेटेका थिए । जतिबेला मोरक्को ३–० ले विजयी भएको थियो ।
ब्राजिलसँग खेलेकै प्रदर्शन दोहोर्याउने हो भने उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले स्कटल्यान्डको चुनौती सहजै पन्छाउने अपेक्षा गर्न सकिन्छ । किनभने कागजमा पनि मोरक्को स्कटल्यान्डभन्दा बलियो छ ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women