LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 25, 2026 · Swadesh

ब्राजिल र मोरक्को अपराजित रहँदै नकआउट चरणमा

ब्राजिल र मोरक्को अपराजित रहँदै नकआउट चरणमा

विश्वकप २०२६ का कमजोर सुरुआत लिएको ब्राजिलले अन्ततः बिहीबार समूह सी जितेको छ र नकआउट चरणको यात्रा तय गरेको छ । मोरक्को पनि लिग चरणमा अपराजित रह्यो र उसले पनि अर्को चरणमा आफ्नो स्थान निश्चित गर्‍यो ।

ब्राजिल र मोरक्को दुवै समान सात अंकमा रहे । स्कटल्यान्ड भने तीन अंकमै सीमित रह्यो र उसको अर्को चराण पुग्ने सम्भावना कमजोर बनेको छ । ब्राजिलले मियामी स्टेडियममा भएको खेलमा स्कटल्यान्डलाई सजिलै ३–० ले पराजित गरेको हो ।

ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो र यी दुवै गोल भिनिसियस जुनियरको नाममा रह्यो । उनले सातौं मिनेटमा गोलको खाता खोले र इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल थपे । म्याथेस कुन्हाले ६० औं मिनेटमा तेस्रो गोल गरे ।

एटलान्टा स्टेडियममा भने मोरक्कोले शानदार पुर्नआगमन जित रच्यो र यसक्रममा हाइटीमाथि ४–२ माथि जित रच्यो । हाइटीले यासिन बोनेउको आत्घाती गोलमा अग्रता लिएको थियो । असरफ हाकिमीले ३९ औं मिनेटमा बराबरी गोल फर्काए ।

विल्सन इसिडोरले हाइटीलाई ४३ औं मिनेटमा फेरि अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा इस्माइल साइबरीले मोरक्कोका लागि दोस्रो पल्ट बराबरी गोल गरे । सोफिन रोहिमीले ७८ औं मिनेटमा मोरक्कोका लागि तेस्रो गोल गरे ।

यस्तै गेसिम यासिमले ८९ औं मिनेटमा चौथो गोल थपे र मोरक्कोको जित निश्चित गरे । हाइटी शून्य अंकमै सीमित रहेर घर फर्किने भएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group D
1 United States 3 7
2 Australia 3 4
3 Paraguay 3 4
4 Turkey 3 1
सबै समूह →