← समाचारमा फर्कनुस्
Football Jun 13, 2024 · Swadesh

मैत्रीपूर्ण खेलमा अमेरिका र ब्राजिलको बराबरी

मैत्रीपूर्ण खेलमा अमेरिका र ब्राजिलको बराबरी

काठमाडौं । कोपा अमेरिका २०२४ को तयारीमा रहेका दुई टोली अमेरिका र ब्राजिलले बराबरी खेलेका छन्। 

बिहिवार बिहान भएको अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण खेलमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेका हुन्। 

फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७औं मिनेटमा अग्रता लिएको थियो। राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो।

कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ। समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ। 

कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो। २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →