← समाचारमा फर्कनुस्
Cricket Apr 25, 2023 · Nepalsports

नेत्रहीन महिला क्रिकेटमा भारतीय माथि नेपालको विशाल जीत

नेत्रहीन महिला क्रिकेटमा भारतीय माथि नेपालको विशाल जीत

विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा दोस्रो नेपाल-भारत दुईदेशिय टि २० नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा  नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ ।

टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ व्हृयीकेट विनित पुन र १ व्हृयीकेट निशा चौधरीले लिएका थिए । जवाफी व्यटिङ्गमा  नेपालले २ व्हृयीकेट गुमाउदै ८ व्हृयीकेटको विशाल जित हासिल गरेको छ । नेपालको लागि प्लोयर अफ द सिरिज विनिता पुनले विश्फोटक व्यटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् । उनको व्यटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् । 

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६  बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका छन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →