वीरगन्ज युनाईटेडले पहिलो जित

जारी नेपाल सुपर लिगको दोस्रो संस्करणमा वीरगन्ज युनाईटेडले पहिलो जित निकालेको छ। बुधबार दशरथ रंगशालामा स्पोर्टिंग इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै वीरगन्जले पुनरागमन जित दर्ता गरेको हो ।
आशिष चापागाईले इलामलाई सुरूवाती अग्रता दिलाएका थिए। उनले खेलको १५ औं मिनेटमा सुरज बस्नेतको पासमा उत्कृष्ट फिनिसिंग गरेको थियो।
वीरगन्जले खेलको ३३औं मिनेटमा भिषण गुरुङको गोलमा बराबरी गरेको थियो। उनले सुशील लामाको थ्रु-बल पासमा ट्यापइन गर्दै गोल गरेको थियो।
इन्ज्युरी समयको छैटौं मिनेटमा वीरगन्जले पेनाल्टी पाएको थियो। विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई पहिलो जित दिलाए । यस पेनील्टीलाई लिएर इलामका खेलाडी र रेफ्रि बिच लामो समय सम्म विवाद भएको थियो।
यस जितसंगै वीरगन्जको ५ खेलमा ५ अंक सहित छैठो स्थानमा उक्लिएको छ । हार पछि इलामको ६ खेलमा ४ अंक सहित पुछारमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |