TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2025 · Swadesh

सुदूरलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा

सुदूरलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा

काठमाडौँ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगर किंग्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिँदै पहिलो क्वालिपायरमा पुगेको छ।


सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। 


विराटनगरको लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए। फाफ डु प्लेसिसले २० बलमा ५० रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे।


पहिलो विकेटको लागि फाफ डु र सामले ९७ रनको साझेदरी गरे।


मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाएर आउट भए। लोकेश बम ३ र मसिर अहमले ८ रन बनाउँदै जित दिलाए। प्रतिश जिसीले ३ बलमा १३ रन प्रहार गर्दै जित दिलाए।


यता, सुदूरको लागि अभिनाष बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो। 


सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।


ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए। 


यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।


विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।


सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →