विराटनगरको शानदार सुरुआत

काठमाडौँ। पाोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विराटनगर किङ्गसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनिपएलमा शानदार सुरुआत गरेको छ।
विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पाखराले निर्धारित १८.५ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो।
पोखराको लागि कप्तान तथा ओपनर कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै शानदार सुरुआत गराएका थिए। कुनै समय २–८८ को अवस्थामा रहेको पोखरा सम्हलिन सकेन।
यस्तै, एडम रोसिंगटनले ३९ रन बनाउँदा डेनियल अलेक्जेन्डर डोथवेटले २९ तथा अविशेक तिवारीले ११ रन बनाए।
विराटनगरको लागि कप्तान सन्दीप लामिछने, शुभम रञ्जने, प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट हात पारे। सुर्य तामाङ, र अबसिर अहमदले सामान एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकश बम र मार्टीन गप्टीले १३२ रनको शानदार साँझेदारी गर्दै विशाल योगफल तर्फ अघि लगे।
विराटनगरले निर्धारित २० औभरमा ६ विकेट गुमाएर २२० बनाएपछि पोखराले २२१ रनको लक्ष्य पाएको हो।
लोकेशले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा ७२ रन बनाएर आउट भए। यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ६१ रन प्रहार गरे।
यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, सुभवा रन्जनि ३८ र नारायन जोशी ११ रनमा अविजित रहे।
यता, पोखराको लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र सागर ढकालले एक विकेट हात पारे।
योसँगै सोमबारबाट सुरु भएको प्रतियोगितामा तीन खेल सम्पन्न भएको छ। जसमा काठमान्डु गोर्खाज र चितवन राईनोजले विजयी हासिल गरेका छन्।
आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |