TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 09, 2025 · Swadesh

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो क्वालिफायर खेल हुँदैछ। 


पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ।


लिग चरणमा सुदूरले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो। त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो। विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो।


यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। सुदूर पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागि रहेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →