← समाचारमा फर्कनुस्
Cricket Nov 24, 2025 · Swadesh

विराटनगरको लगातार तेस्रो जित

विराटनगरको लगातार तेस्रो जित

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा विराटनगर किङ्सले लगातार तेस्रो जित दर्ता गरेको छ। विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई ९ रनले पराजित गरेको हो।


त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्योजनकपुरको लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेर रन आउट भए।


ओपनर लाहिरु मिलनथाले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए। सन्जय कृष्णमुर्ती २० तथा अर्का ओपनर आसिफ शेखले १३ रन बनाए।


विराटनगरका लागि कप्तान सन्दीप लामिछाने चार विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले ११ रन मात्रै खर्चिए। सुर्य तामाङ दुई, सभम रञ्जन र मर्चेल डे लिङगाले एक विकेट हात पारे। 


यो सँगै लगातार जित हासिल गरेको विराटनगरको ३ खेलमा ६ अंक पुगेको छ। यता, जनकपुरले लगातार दोस्रो हार ब्यहोरेको छ।


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो।


विराटनगरको लागि सुभम रञ्जनले ३७ बनाए। बासिर अहमदले ३६ रनको योग्दान दिए। उनले ३५ बलमा ३ चौका प्रहार गरे।  


ओपनर लोकेश बमले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन बनाएर आउट भए। यस्त, जर्ज मुन्से १०, मार्टिन गप्टील १३ रन बनाएर आउट भए।


यता, जनकपुरको लागि संगीत कोरे र रुपेश सिंहले समान दुई विकेट लिए। आदित्य महताले एक विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →