← समाचारमा फर्कनुस्
Cricket Nov 22, 2025 · Swadesh

विराटनगरको लगातार दोस्रो जित

विराटनगरको लगातार दोस्रो जित

काठमाडौँ। विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। 


त्रिवि क्रिकेट रंगशालामा काठमान्डू गोर्खाजलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो। काठमान्डूले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाउँदै लक्ष्य पूरा गर्यो।


विराटनगरको जितमा जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३६ रन बनाए। यस्तै, नरेन भट्ट २४, मार्टिन गप्टीलले १९ बलमा २५, बासिर अहमतले १७ बलमा १९ तथा ओपनर लोकेश बमले १० बलमा १४ रनको योग्दान गरे। 


कप्तान सन्दीप लामिछानेले ३ बलमा ९ रन बनाए। उनले दुई चौका प्रहार गरे


यता, काठमान्डूका लागि साहब आलमले दुई, कप्तान करण केसी, जेरार्ड इराशमस र सन्तोष यादवले समान एक विकेट लिए।


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो। 


काठमान्डूका लागि महोमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्कोरमा पुर्याए।


बेन चार्ल्सवर्थले ३२ जोडे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। सन्तोष यादव २६ रन बनाए। 


यता, विराटनगरको लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे। 


लगातार दोस्रो जित हसिल गरेको विराटनगर शीर्ष स्थानमा उक्लिएको छ। यता, तीन खेलमा काठमान्डूले दोस्रो हार ब्यहोरेको छ।


यसअघि पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। काठमान्डू भने पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →