← समाचारमा फर्कनुस्
Top Headlines Sep 15, 2026 · Swadesh

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ।

नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मानस्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै, टोलीको ऐतिहासिक सफलतामा नेतृत्वदायी भूमिका निर्वाह गरेका टोलीका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ।

विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल वृद्धि र राष्ट्रिय टोलीको सफलतामा साथ दिने उद्देश्यले यो सम्मान घोषणा गरेको जनाएको छ।

एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेर नेपाली क्रिकेट टोलीले एसिया कप २०२७ को यात्रा सुनिश्चित गर्दै सम्पूर्ण नेपाली क्रिकेटप्रेमीलाई गौरवान्वित बनाएको छ । यस ऐतिहासिक सफलताका लागि विराटनगर किङ्सले नेपाली टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →