← समाचारमा फर्कनुस्
Cricket Nov 22, 2025 · Swadesh

विराटनगरलाई १३५ रनको लक्ष्य

विराटनगरलाई १३५ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपिएलमा काठमान्डू गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका काठमाडूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो। 


काठमान्डूका लागि महोमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्कोरमा पुर्याए।


बेन चार्ल्सवर्थले ३२ जोडे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। सन्तोष यादव २६ रन बनाए। 


यता, विराटनगरको लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।


यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको विराटनगर दोस्रो जितको खोजिमा छ। काठमान्डू भने पहिलो खेलमा कर्णा याक्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →