← समाचारमा फर्कनुस्
Cricket Nov 26, 2025 · Swadesh

विराटनगरलाई १७५ रनको लक्ष्य

विराटनगरलाई १७५ रनको लक्ष्य

काठमाडौँ। चितवन राइनेजाले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य प्रस्तु गरेको छ। 


टस हारेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएपछि विराटनगरले १७५ रनको लक्ष्य पाएको हो।


चितवनका लागि रबि बोपराले अर्धशतकिय पारी खेले उनले २९ बलमा ५० रन पूरा गरेका थिए। उनि ३८ बलमा ६५ रन बनाउँदै आउट भए। बोपराले ४ चौका र ३ छक्का प्रहार गर्दै अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।


यस्तै सइब जैबले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए। देव खनालले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदा ओपनर दिपक बोहरा ५, डेविड मलानलानले ९ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाएर आउट भए। कप्तान कुशल मल्ल १४ बलमा २० रन बनाएर अविजित रहे।


यता, विराटनगरको लागि कप्तान सन्दीप लामिछाने मार्चान डे लाङ्गेले समान दुई विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →