← समाचारमा फर्कनुस्
Cricket Jun 22, 2025 · Swadesh

कप्तान विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शनमा नेपालको विजयी सुरुआत

कप्तान विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शनमा नेपालको विजयी सुरुआत

काठमाडौं। कप्तन विपिनप्रसार शर्मा र ब्याटर प्रसिद्ध जैसीको शानदार प्रदर्शनप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा विजयी सुरुआत गरेको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा साविक विजेता नेपालले ६ विकेटको सहज जित दर्ता गरेको हो।

सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि प्रशिद्ध जैसीले ९७ बलमा पाँच चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे। यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए।

तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले ६३ रनको साझेदारी गरे। सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिए।

अब नेपालले मंगलबार जापानको समान गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →