TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 09, 2025 · Swadesh

विनोदको अर्धशतकमा विराटनगरलाई १५६ रनको लक्ष्य

विनोदको अर्धशतकमा विराटनगरलाई १५६ रनको लक्ष्य

काठमाडौँ। ओपनर विनोद भण्डारीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई फाइनल प्रवेशको लागि १५६ रनको लक्ष्य दिएको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो।


सुदूरका विनोद भण्डारीले ६३ रन बनाए। उनले ५२ बलमा ३ चौका र दुई छक्का प्रहार गरे। आरिफ शेखले १३ बलमा २० रनको योग्दान दिए।


यस्तै, शेल्डन ज्याक्सनले ११ बलमा २० रन, हर्मित सिंह १४, इशान पाण्डे १३ रन बनाउँदा मुख्तार अहमद १० रन बनाएर आउट भए। 


यता, विराटनगरका प्रतिश जिसी र मार्चेन डे लिङ्गाले समान २, सुर्य तामाङ र साम हेज्लेटले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →