विनोद भण्डारीको अर्धशतकमा सुदूरको लगातार चौथो जित

काठमाडौँ। ओपनर विनोद भण्डारीको शानदार अर्धशतकमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ। सुदूर ७ विकेटले विजयी भएको हो।
जितसँगै सुदूरले चार खेलमा चार जित दर्ता गर्दै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ। लुम्बिनीको यो लगातार तेस्रो हार हो। लुम्बिनीको चार खेलमा एक जित मात्रै रहेको छ।
लुम्बिनी लायन्सले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुदूरका लागि ओपनर भण्डारीले ३७ बलमा ५० रन पूरा गरे। उनले ४९ बलमा ६९ रन अविजित रहे। यस्तै हर्मित सिंहले सात रन बनाउँदा क्रिस लिनले १७ रनको योग्दान गरे।
यस्तै, आरिफ शेखले ३७ बलमा ३९ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे।
यता, लुम्बिनीका लागि तिलक भण्डारी, अभिषेक गौतम र रुबेनले समान एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा तीन चौका प्रहार गरे। त्यसअघि तेस्रो विकेटको लागि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथले ५२ रनको साझेदारी गरेका थिए।
ओपनर डी आर्सी सर्टस् र सुमित महर्जनले समान १८ रन बनाए। १७औँ ओभरमा मात्रै लुम्बिनीले तीन विकेट गुमायो। दिलिप नाथ २९ बलमा ३१, गुलबदिन नाबी ९ बलमा ११ तथा रुबेन ट्रम्पबलन शून्य रनमा आउट भए।
यता, सुदूरको लागि अभिनाष बोहरा रहर्मित सिंहले तीन, हेमन्त धामी दुई, स्ट्रक कुइगिइएलीनले एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |