बिमल घर्ती मगर एफसी चितवनबाट खेल्ने

नेपाल राष्ट्रिय खेलाडी बिमल घर्तिमगर नेपाल फर्कने भएका छन् । गत हप्ता अष्ट्रेलिया गएका बिमललाई नेपाल सुपर लिग (एनएसएल) खेल्न एफसी चितवनले अनुबन्ध गरेका छन्।
चितवनले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएको हो। त्यसपछि हिमलले पनि आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत नेपाल फर्केर एनएसएल खेल्ने बताए।
बिमनको फेसबुक स्टाटसः
‘जिन्दगी मा अनेकौ उत्तर चडाब आउछन !! उमेर को बड्दो क्रम सङै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ !! त्यसै क्रम मा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देश प्रती को माया र लगाव लाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे !! तर पनि मलाइ माया गरेर पुन मलाइ आउदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयर (Iconic Player) को रुपमा फेरि पनि आफ्नो माटो मा खेल्ने सुबर्ण मौका दिनु भएको मा चितवन एफ.सि लाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु !!
यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय ब्यक्तित्व लगायत मेरा सम्पुर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहान्छु !! जय नेपाल जय नेपाली फुटबल!! ‘

| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |