← समाचारमा फर्कनुस्
विकेश कुथु इलामका मार्की खेलाडी

राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुलाई स्पोर्टिङ इलाम डे मेची एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
इलामले विकेशलाई दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि मार्की बनाएको हो । गत सिजन काठमाण्डौ रेजर्समा रहेका कुथु यस पटक इलामसंग अनुबन्धित भएका हुन् ।
कुथुले पहिलो सिजनमा कप्तानी गरेको टोली काठमाण्डौ च्याम्पियन भएको थियो । काठमाण्डौंले धनगढीलाई पराजित गरेको थियो। उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |