← समाचारमा फर्कनुस्
विज्ञानको ह्याट्रिकमा एनआरटी विजयी

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत सातौँ चरणको खेलमा विज्ञान खड्काले ह्याट्रिक गरेको खेलमा न्युरो टिम एनआरटीले विभागिय टोली त्रिभुवन आर्मीमाथि जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दिनको पहिलो खेलमा एनआरटीले आर्मीमाथि ४–२ गोलको जित निकालेको हो।
एनआरटीको जितमा विज्ञान खड्काले ह्याट्रिक पूरा गर्दा सन्तोष गोग्बाले एक गोल थपे। यता, आर्मीको लागि भुवन कामी, अनुभव पुरीले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै एनआरटीले जारी लिगमा सात खेलबाट १६ अंक जोडेको छ। एनआरटको यो पाँच खेलमा जित हो। पराजित आर्मी समान खेलबाट चार अंकसहित १०औँ स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |