← समाचारमा फर्कनुस्
भुटानले बंगलादेशलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ।
आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो। यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बंगलादेशले १–० गोल अन्तरले नै पराजित गरेको थियो।
भुटानको जितमा किंगा वाङचुकले गरेको गोल नै निर्णायक बन्यो। उनले ८५औं मिनेटमा पेनाल्टी बक्सबाट सुन्दर गोल गरेका थिए।
यस्तै, भुटानले करिब आठ वर्षपछि बंगलादेशलाई पराजित गरेको हो। सन् २०१६ मा भएको एएफसी एसियन कप छनोटमा भुटानले बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो। त्यो नै बंगलादेशविरुद्ध भुटानले हात पारेको पहिलो जित थियो। त्यसयता भुटान र बंगलादेशबीच पाँच खेल भएका थिए। ती सबै खेलमा बंगलादेशले जित हासिल गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |