← समाचारमा फर्कनुस्
Cricket Sep 19, 2024 · Swadesh

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

डा.मनिष राज पाण्डेको अध्यक्षतामा बिहीवार एक समारोहकाबीच सम्पन्न भएको हो।

साधारण सभामा संघका सचिव संजय बस्नेतले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए। साधारण सभाले कार्य समितिबाट प्रस्तुत भएको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ।

सभाले आर्थिक बर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। आर्थिक बर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट पारित समेत पारित गर्यो।

चालु आर्थिक बर्ष २०८१/०८२ मा एनसीसीएस आमन्त्रित उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने साधारण सभाले निर्णय गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →