← समाचारमा फर्कनुस्
Cricket May 26, 2024 · Swadesh

भक्तपुर क्रिकेट एकेडेमीको विजयी सुरुआत

भक्तपुर क्रिकेट एकेडेमीको विजयी सुरुआत

काठमाडौं । भक्तपुर क्रिकेट एकेडेमीले एनसिसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

‌मुलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुरले बलपार्क स्पोर्टस एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १९ रनले पराजित गर्यो ।

वर्षाले प्रभावित भएपछि १३ आभेरमा झारिएको खेलमा १२६ रनको नयाँ लक्ष्य पछ्याएको बलपार्कले १३ ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।

बलपार्कका लागि विवेक थापमगरले अविजित ३४, रवि शाहले २८ र सुमित महर्जनले १९ रन बनाए ।

भक्तपुरका लागि विकाश आग्री, अमरसिंह रौटेला र दीपक बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो । भक्तपुरका लागि दीपक बोहराले ६४ बलमा अविजित ११२ रन बनाए । यसैगरी आयुशमान बमले १९ र  विनोद तामाङले  १६ रन जोडे ।

बलपार्कका लागि तिलकराज भण्डारी,पंकज पाण्डे र प्रसिद्ध बज्राचार्यले समान एक विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →