मुम्बईमाथि बेंगलोरको शानदार जित

काठमाडौ- जारि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजविरुद्ध ८ शानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ।
घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा बेंगलोरले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो।
बेंगलोरले जितका लागी पाएको १७२ रनको लक्ष्य १६.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलोरको जितमा पुर्वकप्तान विराट कोहलीले सर्वाधिक ८२ रन बनाउदा कप्तान फाप डु प्लेसिसले ७३ रन बनाए।
मुम्बईका लागी अर्शद खान र क्यामरुन ग्रीनले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
उसका लागी तिलकबर्माले सर्वाधिक ८४ रन बनाउदा डनेहाल वाडेराले २१ रन बनाए।
बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १-१ विकेट लिए ।
यो जित संगै बेंगलोरले लिगमा दुईअंक बटुलेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |