लुकाकु र डी ब्रुएनाको गोलमा बेल्जियमको पहिलो जित

काठमाण्डौं । रोमेलु लुकाकु र केभिन डी ब्रुएनाले गोल गरेको खेलमा बेल्जियमले पहिलो जित हासिल गरेको छ।
युरोकप २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई २–० गोलअन्तरले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमै रोमेलु लुकाकुको पासमा युरी टिलेम्यान्सको गोलमा बेल्जिमयले सुरुआती अग्रता लिएको थियो। ६३औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल भिडियो असिस्टेन रेफ्री (भिएआर)ले मान्यता दिएन।
यद्यपि, ८०औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए।
जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ। पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलअन्तरले पराजित भएको थियो। रोमानियाले भने युक्रेनलाई ३–० गोलले पराजित गरेको थियो।
यो समूहबाट अन्तिम १६ मा पुग्न चारै टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। यी चारै टोलीले समान तीन अंक जोडेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |