← समाचारमा फर्कनुस्
बायर्नको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार विजयी सुरुआत लिएको छ र आफ्नो घरेलु मैदानमा भएको खेलमा यसका लागि स्टुटगार्टलाई सजिलै ५–१ ले हराएको छ ।
बायर्नका लागि डायोट उपामेकानो, माइक ओलिस, एलेक्जान्डर पाभालोभिच र लुइस डियाजले एक एक गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । जोसा भागनोमनले स्टुटगार्टका लागि एक गोल फर्काए ।
यस खेलपछि ३३ वर्षीय इंग्लिस कप्तान ह्यारी केनले बायर्नसँग आफ्नो अनुबन्ध सन् २०२७ सम्मका लागि लम्बाएको पनि घोषणा गरेका थिए । यसपल्ट उनी बेलन डे अरका लागि बलियो प्रत्यासी रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |