← समाचारमा फर्कनुस्
Football Nov 12, 2023 · Nepalsports

बायन शिर्ष स्थनमा उक्लियो

बायन शिर्ष स्थनमा उक्लियो

बुन्डेसलिगामा बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा बायर्नले एफसी हेडेनहाइमलाई ४–२ गोलले पराजित गरेको हो । 

बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे भने राफायल गुइरेइरो र एरिक मेक्सिमले समान एक एक गोल गरेको थियो । पाहुना टोलीका लागि टिम क्लेइन्डिएन्स्ट र जान निकलास बेस्टेले एक एक गोल गरेको थियो।

खेलको १४औं मिनेटमा केनले सानेको पासमा गोल गरेको थियो। त्यस्तै खेलको ४४औं मिनेटमा  सानेको कर्नर किकमा हेड गर्दै केनले दोस्रो गोल गरेको थियो।

दोस्रो हाफको ६७औं मिनेटमा एफसी हेडेनहाइमका टिम क्लेइन्डिएन्स्टले एक गोल फर्काए । पहिलो गोल फर्काएको ३ मिनेट पछि जान निकलास बेस्टेले गोल गर्दै २-२ को बराबरीमा पुऱ्यायो।

त्यसपछि बायनका लागि खेलको ७२औं मिनेटमा राफायल गुइरेइरोसे गोल गर्दै  अग्रता दिलाए। त्यस्तै खेलको ८५औं मिेनेटमा एरिक मेक्सिमले म्याथी तेलको क्रसमा हेडर गोल गर्दै ४-२ को नतिजामा पुऱ्याए। 

यस जित संगै बायन २९ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने हार पछि एफसी हेडेनहाइम १० अंक सहित १३औं स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →