बायर्न म्युनिखसॅंग एस्टन भिल्ला पराजित

हङकङको काई ताक स्टेडियममा शुक्रबार राति सम्पन्न यस प्रतिष्ठित मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले इङ्लिस क्लब एस्टन भिल्लामाथि २–१ को जित दर्ता गरेको हो। यो बायर्न म्युनिखको एसिया भ्रमणको अन्तिम खेल थियो।
खेलको ३७औं मिनेटमा दक्षिण कोरियाली डिफेन्डर किम मिन-जेले हेडर गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए।खेलको ७३औं मिनेटमा मैदान प्रवेश गरेको १० मिनेटमै डियाजले शानदार गोल गर्दै बायर्नको अग्रता २–० पुर्याए।
त्यस्तै खेलको ८३ औं मिनेटमा एस्टन भिल्लाका जोआओ गोमेजले गोल गर्दै अन्तर १ मा झारे पनि बायर्नले जित कायम राख्यो।
बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले यो जितले टोलीको मेहनतको फल मिलेको बताए। कोम्पनीले युवा खेलाडीहरूको प्रदर्शनबाट प्रभावित रहेको पनि बताए। बायर्नका गोलरक्षक म्यानुएल न्युअरले ‘प्रिमियर लिगको बलियो टोलीविरुद्ध जित निकाल्नु महत्वपूर्ण’ भएको बताए।
यो हङकङको काई ताक स्टेडियममा भएको तेस्रो र अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो। यसअघि यहाँ म्यानचेस्टर सिटी र चेल्सीले आ–आफ्ना खेल खेलेका थिए। बायर्नको यो हङकङ भ्रमण १९ वर्षपछि पहिलो पटक थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |