← समाचारमा फर्कनुस्
बायर्न उपाधितर्फ अग्रसर

बायर्न म्युनिकले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुर्नआगमन रचेपछि शनिबार जर्मन बुंडेसलिगामा आरबी लाइपजिगलाई ५–१ ले पराजित गरेको छ । यो जितले बायर्नको उपाधि होड अझ बलियो बनेको छ ।
तेस्रो स्थानमा रहेको लाइपजिगले रोमुलो कारडोसाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि बायर्नले दोस्रो हाफमा पाँच गोल गरेको हो । यी गोल सर्गे जियानब्रे, ह्यारी केन, जोनाथन ताह, एलेक्जान्डर पाभलोभिच र मिचेल ओलिसले गरे ।
यो जितपछि बायर्नको १८ खेलबाट ५० अंक भएको छ । लाइपजिग भने ३२ अंकमै रोकियो र चौथो स्थानमा झरेको छ । दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको भने ३९ अंक छ । होफनहाइन भने ३३ अंकमा तेस्रोमा उक्लेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women