← समाचारमा फर्कनुस्
उल्भसबर्गमाथि बायर्नको आठ गोल

जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले उल्भसबर्गमाथि आइतबार ८–१ को ठूलो अन्तरको जित निकालेको छ । यो जितले बायर्नको उपाधि यात्रा अझ सहज हुने देखिएको छ । उसको १६ खेलबाट ४४ अंक भएको छ ।
यो दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डमाथि ११ अंकको ठोस अग्रता हो । डर्टमुन्ड ३३ अंकमा दोस्रोमा छ भने आरबी लाइपजिग २९ अंकमा तेस्रो स्थानमा छ । बायर्नको यो जितमा मिचेल ओलिसले दुई गोल गरे भने एक गोलमा सहयोगी भूमिका पनि निभाए ।
उल्भ्सका तर्फबाट दुई गोल आत्मघाती पनि रह्यो । अहिलेसम्म लिगमा अपराजित रहेको बायर्नले यो सिजन लिगमा चार अंक मात्र गुमाएको छ र यो उत्कृष्ट सुरुआत रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women