← समाचारमा फर्कनुस्
बार्सिलोनाको पनि शतप्रतिशत सुरुआत

रियल म्याड्रिड पछि बार्सिलोनाले पनि स्पेनी ला लिगामा बिहीबार शतप्रतिशत सुरुआत गरेका छन् र यिनै दुई पारम्परिक प्रतिद्वन्द्वी समान छ अंकमा शीर्ष दुई स्थानमा छन् । बार्सिलोनाले लगातार दोस्रो जित निकाल्ने क्रममा एथलेटिको बिलबाओलाई २–० ले पराजित गरेको हो ।
त्यसमा प्रत्येक हाफमा राफिन र फेरमिन लोपेजले एक एक गोल गरे । नयाँ सिजनका लागि भनेर बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नुको पुर्ननिर्माण गरेको थियो र यसमै बार्सिलोना पहिलो जित निकाल्न पनि सफल रहेको हो ।
यसै खेलबाट नयाँ अनुबन्धित खेलाडी रोड्रिले डेब्यु गरेका छन् । अर्को खेलमा आन्टे बुडिमिरको निर्णायक गोलको मदतले ओसासुनाले सेल्टा भिगोलाई २–१ ले हराएको छ र नयाँ सिजनमा टिमको यो पहिलो लिग जित पनि रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |