← समाचारमा फर्कनुस्
Football Aug 18, 2024 · Swadesh

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको सुखद् सुरुआत

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको सुखद् सुरुआत

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले नयाँ सिजन २०२४, २५ अन्गर्गत स्पेनिस ला लिगामा सुखद् सुरुआत गरेको छ।

भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले २(१ पुनरागमन जित हात पारेको हो। योसँगै बार्सिलोनाले तीन अंक जोडेको छ।

डिएगो लोपेजको पासमा गोल गर्दै खेलको ४४औं मिनेटमा ह्युगो डुरोले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता पहिलो हाफको इन्ज्युरी समयमै तोडियो। लमिन यमलले मिलाइदिएको बलमा लेवान्डोस्कीले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। 

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै भ्यालेन्सियाका डिफेन्डरले गल्ती गरेपछि उक्त गल्तीको फाइदा उठाउँदै लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →