← समाचारमा फर्कनुस्
बार्सिलोनाको सजिलो विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगमा आइतबार सजिलो विजयी सुरुआत लिएको छ र यसक्रममा एल्चेमाथि ५–० को जित दर्ता गरेको छ । यस जितमा राफिन्हा र फेरमिन लोपेजले दुई दुई गोल गरे । डेब्यु गर्दै गरेका करिम एडेयेमीले पनि एक गोल थपे ।
नयाँ अनुबन्धित खेलाडी एन्थोनी गोर्डनले भने दुई गोलमा अवसर बनाए र खेलमा आफ्नो छाप छोड्न सफल रहे । जोसे मोउरिन्होको नेतृत्वमा रियल म्याड्रिडले अघिल्लो दिनको खेलमा इस्पनयोललाई हराएपछि बार्सिलोनामाथि विजयी सुरुआतको दबाब बनेको थियो ।
त्यस अगाडि दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडले भिल्लारियललाई २–२ को बराबरीमा चित्त बुझाएको थियो । एटलेटिकोको लागि गिलियानो सिमोनीले बराबरी गोल गरे र यससँगै एटलेटिको एक बहुमूल्य अंक बटुल्न सफल रह्यो । अर्को खेलमा गेटाफेले रेसिङ सान्टेन्डरलाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |