← समाचारमा फर्कनुस्
Football Aug 28, 2024 · Swadesh

बार्सिलोनाको लगातार तेस्रो जित

बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जारी सिजन लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भलेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पाहुना टोली बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए।

रायो भलेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो। त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो।

जितपछि बार्सिलोनाको ३ खेलमा ९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै रायो भलेकानो भने ३ खेलमा ४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →