← समाचारमा फर्कनुस्
Football Aug 25, 2024 · Swadesh

बार्सिलोनाको लगातार दोस्रो जित

बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो हासिल गरेको छ। 

शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

बार्सिलोनाको जितमा लामिन यामल र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। यता, बिलबाओको ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए।

खेलको २४ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ४३ औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले १–१ बराबरी गोल गरे।

पहिलो हाफमा एक एकको बराबरी खेलेको बार्सिलोनाको लागि ७५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना २–१ ले विजयी भयो।

जारी लिगमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ। 

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →