← समाचारमा फर्कनुस्
बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश

बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले युनियनिस्टासलाई ३–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
खेलको ३१औं मिनेटमा अल्भारो गोमेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा फेरान टोरेसले खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको ६९ औं मिनेटमा पौ कुबार्सीको पासमा जुल्स कोन्डेले गोल गर्दै २-१ को आग्रता दिलाए।त्यस्तै खेलको ७३औं मिनेटमा एलेजान्द्रो बाल्डेले जुल्स कोन्डेको पासमा गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |