← समाचारमा फर्कनुस्
बार्सिलोनामाथि एटलेटिकोको चार गोल

एटलेटिको म्याड्रिडले डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई कोपा डेल रेको पहिलो लेग सेमिफाइनलमा बिहीबार ४–० ले पराजित गरेको छ । एरिक गार्सियाको आत्मघाती गोलले एटलेटिकोले अग्रता लिएको थियो ।
त्यसपछि उसका लागि एन्टोन ग्रिजमन, एडेमोल लुकमन र जुलियन एल्भारेजले गोल गरे । यी सबै गोल पहिलो हाफमै सम्भव भएका हुन् । खेलको अन्त्यतिर बार्सिलोना दस खेलाडीमा सीमित रह्यो ।
गार्सिया रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । अब दोस्रो लेगको सेमिफाइनल बार्सिलोनाको घरमा मार्च ३ मा हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women