← समाचारमा फर्कनुस्
पहिलो खेलमै हार्यो बार्सिलोना

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित भएको छ।
बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २–१ ले पराजित भयो हो।
यस्तै नयाँ प्रशिक्षक ह्यान्सि फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाको पहिलो हार हो। टोलीले ला लिगामा अपराजित यात्रा जारी राखेको छ।
खेलको दशौं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो।
बार्सिलोनाको लागि लामिन यमल गोल गरेका थिए। उनी च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने। यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ मा गोल गरेका थिए।
१६औं मिनेटमा माघ्नेस अक्लिउचेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। यमलले २८औं मिनेटमा बराबरी गोल गरे। तर, ७१औं मिनेटमा जर्ज लेनिखेनाले गोल गर्दै मोनाकोलाई तीन अंक दिलाएका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |