पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा बार्सिलोनाको आधिकारिक समर्थक क्लबको रूपमा मान्यता

बार्सिलोना फ्यान क्लब नेपाल(बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोनाको आधिकारिक पेन्या(समर्थक क्लब) को रूपमा दर्ता पूरा गरेको छ। २०१३ मा स्थापना भएको यस बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेका थिए।
पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाको आतिथ्य र अध्यक्ष प्रकाश घर्तीको साथमा शनिबार एक कार्यक्रम गर्दै बार्सा नेपालको आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो सार्वजिक गरेको थियो।
कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपालका बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरियो र नव मान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे। १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए, साथै खेलकुद क्षेत्रका प्रमुख व्यक्तित्वहरू हरि खड्का, गौरव बस्नेत, र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाए थियो।
कार्यक्रममा विशेष अतिथिहरूका रूपमा हिम बिक्रम केसी, इ-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) का वरिष्ठ उपाध्यक्ष;ईसानका सचिव आशिष दाहाल, इसानका बोर्ड सदस्य घनश्याम ढुंगेल, र नेपालि राष्ट्रिय फुटसलका सहायक प्रशिक्षक थमन भुसाल आदिको उपस्थिति रह्यो।
उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरिएको छियो।
पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले क्लब र नेपालमा समर्थकहरू बीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |