← समाचारमा फर्कनुस्
Cricket Sep 12, 2025 · Swadesh

बंगलादेशको विजयी सुरुआत

बंगलादेशको विजयी सुरुआत

काठमाडौँ। जारी एसिया कपमा बंगलादेशले विजयी सुरुआत गरेको छ। 


बिहिवार राति सम्पन्न खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गरेको हो।


हङकङले दिएको १४४ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।


बंगलादेशको जितमा कप्तान लिटन दासले ५९ रनकाे अर्धशतकीय पारि खेले  भने टोवहिद हृदोयले ३५ रन बनाएका थिए।


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। 


हङकङका लागि निजकत खानले सर्वाधिक ४२ रन बनाए भने जीशान अलीले ३० र कप्तान यसिम मुर्तजाले २८ रन बनाएका थिए। त्यसैगरी बंगलादेशका बलर तस्किन अहमद, तानजिन हसन सकिब र रिशाद होसैनले २-२ विकेट लिएका थिए।


यो सँगै समुह बी मा रहेको बंगलादेशको २ अंक जाेडेकाे छ। हङकङले भने लगातार दोस्रो हार बेहोरेको छ। आज ओमान र पाकिस्तानबीच खेल हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →